दिवंगत पत्रकार सुरेश रजककी पत्नीलाई सरकारद्वारा रोजगारी प्रदान



काठमाडौँ, मंसिर २ — दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी प्रदान गरेको छ।

सोमबार सुरक्षा मुद्रण कोषमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा कम्प्युटर अधिकृत पदमा नियुक्ति पत्र प्रदान गरेका हुन्।

पत्रकार सुरेश रजकको २०८१ चैत १५ गते तीनकुनेमा भएको आन्दोलनका क्रममा मृत्यु भएको थियो। उक्त घटनापछि सरकारले परिवारलाई आवश्यक सहानुभूति र सहयोगस्वरूप रोजगारी उपलब्ध गराएको हो।

प्रतिक्रिया दिनुहोस्