नुवाकोटको पञ्चकन्यामा बस पल्टिँयो



नुवाकोट,मंसिर ३ । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–४ स्कुलडाँडामा बुधबार बिहान एक बस पल्टिँदा एकजना घाइते भएका छन्।

बुधबार बिहान करिब पौने ८ बजे बा २ख ५४१६ नम्बरको बस चालकले पार्किङमा राखिएको गाडी स्टार्ट गर्ने क्रममा एक्कासी उछिट्टिँदै पल्टिएको स्थानीय डेलबहादुर रुम्बा तामाङले जानकारी दिए।

दुर्घटनामा घाइते भएका व्यक्तिलाई टाउकोमा चोट लागेको छ। घाइतेलाई सामुदायिक स्वास्थ्य इकाईमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको स्थानीयले बताए।

बस पार्किङमै पल्टिएको हुनाले ठूलो क्षति हुनबाट जोगिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्