जेन्जी आन्दोलनलाई सम्मान गर्दै निर्वाचन वातावरण बनाउन आग्रह : पूर्वमन्त्री तामाङ



काठमाडौं,मंसिर ३। पूर्वमन्त्री हितबहादुर तामाङले जेन्जी आन्दोलनको मूल भावना र प्रवृत्तिलाई सम्मान गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनका लागि विश्वासिलो वातावरण निर्माण गर्न सरकार र संबंधित पक्षलाई आग्रह गरेका छन्।

आज सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिने क्रममा उनले बारा–सिमरामा जेन्जी समूह र एमाले बीच उत्पन्न द्वन्द्वपूर्ण घटनाले निर्वाचन प्रक्रियालाई जटिल बनाउन सक्ने चेतावनी दिए। तामाङलाई उद्धृत गर्दै भनिएको छ, “यस किसिमको गतिविधिले परिस्थिति बिग्रन्छ, निर्वाचनलाई विथोल्न सक्छ।”

उनका अनुसार सिमरामा देखिएको तनाव कसको कारणले उत्पन्न भयो? त्यस पक्षले आगामी दिनमा संयमता अपनाउनु जरुरी छ। उनले थपे, “तनाव समाधान होइन। समाधान जेन्जी भावनालाई सम्मान गर्दै अभिव्यक्तिलाई लोकतान्त्रिक शैलीमा ढाल्नु र निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउनुपर्छ।”

पूर्वमन्त्री तामाङले लोकतान्त्रिक अभ्यास, शान्त वार्ता र परिपक्व राजनीतिक सहमति नै शांतिपूर्ण निर्वाचनको पूर्वशर्त भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्