एनपीएल हेर्न नि:शुल्क बस सेवा
काठमाडौँ,मंसिर ४- नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएल खेल हेर्न जानेहरुको सुविधाका लागि निशुल्क वस सेवा सुरु गरेको छ।
बेलुकी ६ बजेदेखि ८ बजेसम्म सो निशुल्क बस सेवा लिन पाइने क्यानले जनाएको छ ।
त्रिवि गेटबाट विभिन्न ४ वटा रुटमा निशुल्क बस सञ्चालन हुने छन । क्यानले सवारी सधान नभएका विशेषगरी महिला, बृद्दबृद्धा र अशक्तहरुका लागि सो सेवा उपलब्ध गराइने जनाएको हो।


