बाराको सिमरामा जेन्जी युवाहरूको चक्काजाम, एमाले कार्यकर्ता पक्राउको माग



बारा,मंसिर ४ । बाराकी सिमरामा हिजो जेन्जी युवा समूह र एमाले कार्यकर्ताबीच भएको झडपको घटनापछि आज जेन्जी युवाहरूले विरोध प्रदर्शन गर्दै चक्काजाम गरेका छन्।

मुख्य चोकमा टायर बालेर सडक अवरुद्ध गर्दै उनीहरूले झडपमा संलग्न एमाले कार्यकर्तालाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेका छन्।

सिमराको मुख्य चोक वरिपरि यातायात पूर्ण रूपमा अवरुद्ध हुँदा स्थानीय सर्वसाधारण प्रभावित भएका छन्। जेन्जी युवाहरूले घटना निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कारबाही नगरे आन्दोलन थप कडा बनाइने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्