शनिवारका लागि सर्यो काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक
ललितपुर,मंसिर ४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठकको मिति पुनःपरिवर्तन भएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार आज दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने भनिएको बैठक यही मङ्सिर ६ गते शनिबार दिउँसो १ः०० बजे बस्ने भएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

