पाल्पाका यौन शिक्षाको पहुँच बाहिर किशोर किशोरी



पाल्पा,मंसिर ४ । पाल्पा जिल्ला भित्रका किशोर किशोरीकाहरु लागि बृहत् यौनिकता शिक्षाको अपरिहार्य आवश्यकता रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।

पाल्पा सदरमुकाम तानसेनमै आयोजित एक कार्यक्रममा सहभागी सरोकारवालाले स्थानीय पालिका र स्वास्थ्यसँग सम्बन्धित निकायले यौनिकता शिक्षाको पहुँच विस्तार गर्न नसक्दा किशोर किशोरी मर्कामा परेको गुनासो गरेका छन् ।

नेपाल परिवार नियोजन सङ्घको आयोजनामा पाल्पा सदरमुकाम तानसेनमा, तानसेन नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा किशोर किशोरीको लागि यौनिकता शिक्षा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सरोकारवालसँग छलफल भएको थियो ।

अन्तरक्रिया एवं छलफलमा किशोर किशोरीमा यौनिकता शिक्षाका लागि स्थानीय सरकारले पाठ्य सामाग्री तयार गर्ने देखि विद्यालय तह सम्म पुग्नु पर्ने कार्यपत्र माथि समेत छलफल गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताउनभयो ।

जिल्लाका १० स्थानीय तहमा बृहत् यौनिकता शिक्षाको अभावमा २० वर्ष उमेर नपुग्दै ५ पाँच सय बढी किशोरी गर्भवती भएको तथ्य समेत बाहिरिएको थियो । सदरमुकाम कै तानसेन नगरपालिकामा यो सङ्ख्या ८६ रहेको छ ।

यौन शिक्षाका बारेमा आधारभुत जानकारी रहेको तर यसले पार्ने दिगो प्रभाव र असरका बारेमा निकै न्यून सूचना किशोर किशोरीमा रहेका कारण समुदाय, बाल क्लब, विद्यालय र अभिभाव लक्षित कार्यक्रम सुरु गर्नुपर्ने सरोकारवालाको जोड छ ।

प्रतिक्रिया दिनुहोस्