नुवाकोटमा इन्टरनेशनल पिस पोष्टर प्रतियोगिता सम्पन्न, सेम्जो घलान प्रथम



नुवाकोट,मंसिर ५ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर –२ बट्टारस्थित सुभेनियर बोर्डिङ स्कुलमा आयोजित इन्टरनेशनल पिस पोष्टर प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता आयोजना गरेकोमा लायन्स क्लब अफ नुवाकोट क्यापिटलका अध्यक्ष लायन युवराज अमात्य सहित सम्पूर्ण सहयोगीहरूलाई विद्यालयले आभार प्रकट गरेको छ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालका फस्ट भाइस गभर्नर लायन सूर्यकुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा ११ देखि १३ वर्ष उमेर समूहका १४ विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा सेम्जो घलान प्रथम, स्पन्दन श्रेष्ठ द्वितीय र अभिज्ञा शाक्य तृतीय भएका छन्। विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा ट्रफी एक विशेष समारोहका बीच प्रदान गरिएको छ।

यस कार्यक्रमलाई Lions Clubs International District 325 I, Nepal को सहयोग तथा समन्वयमा सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्