नुवाकोटमा मलको ढिस्कोमा पुरिँदा एक जनाको मृत्यु
नुवाकोट,मंसिर ५ । नुवाकोटमा मलको ढिस्कोमा पुरिँदा एक जनाको मृत्यु भएको छ। शिवपुरी गाउँपालिका–८ थानापति निवासी ५९ वर्षीय देवीबहादुर उप्रेतीको शुक्रबार गाई–वस्तुको मल व्यवस्थापन गर्ने क्रममा ढिस्को खसेर पुरिएर मृत्यु भएको अस्थायी प्रहरी पोस्ट छहरेले जनाएको छ।
प्रहरीका अनुसार उप्रेती घर नजिकै रहेको गाई–वस्तुको मल सार्ने क्रममा अचानक माथिबाट मल खसेपछि पुरिएका थिए। परिवारका सदस्यले तत्काल उद्धार गर्न खोजेपनि घटनास्थलमै उनको मृत्यु भइसकेको प्रहरीले पुष्टि गरेको छ।
मृतकको शव पोस्टमार्टमका लागि त्रिशुली अस्पताल पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

