अदालतको आदेशपछि तीन लाख धरौटीमा छुटे संगीतकार गिरी
काठमाडौं,मंसिर ५ । आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी अदालतको आदेशपछि धरौटीमा मुक्त भएका छन् ।
काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटी तोकेसँगै उनी बुधबार प्रहरी हिरासतबाट बाहिरिएका हुन् । गायिका नितु पौडेलको मृत्युपछि स्रोत खोजी भइरहेका क्रममा गिरीमाथि अनुसन्धान अघि बढाइएको थियो।
नितु अनामनगरस्थित गिरीकै स्टुडियोमा आगो लगाएर घाइते भएकी थिइन् । परिवारका सदस्यहरूले नितु र गिरीबीच प्रेम सम्बन्ध रहेको र विवाहमा सहमति नजुट्दा उनले यस्तो कदम उठाएको दाबी गर्दै आएका छन् ।

