नुवाकोटमा ‘विद्यालय सुरक्षा’ सम्बन्धी ३ दिने अभिमुखिकरण सम्पन्न
नुवाकोट,मंसिर ५। शिक्षा तथा मानव संसाधन विकास केन्द्र, सानो ठिमी, भक्तपुरद्वारा आयोजित ‘बृहत् विद्यालय सुरक्षा सम्बन्धी नितिगत प्रावधान’ विषयक ३ दिने अभिमुखिकरण कार्यक्रम नुवाकोटमा सम्पन्न भएको छ। यही मंसिर ३ देखि ५ गतेसम्म चलेको उक्त कार्यक्रममा नुवाकोट, रसुवा र धादिङ जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखहरू तथा नुवाकोटका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।
शिक्षा विकास तथा समन्वय इकाई, नुवाकोटमा आयोजना गरिएको यस कार्यक्रममा विद्यालय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन, विद्यार्थी सुरक्षासम्बन्धी व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, शैक्षिक वातावरण सुरक्षित गर्न अपनाउनुपर्ने उपाय तथा विद्यालय सञ्चालनका कानुनी तथा नीतिगत पक्षहरूबारे विस्तृत अभिमुखीकरण दिइएको थियो।
कार्यक्रमले सहभागी स्थानीय तहका प्रतिनिधि तथा प्रधानाध्यापकहरूले विद्यालयमा सुरक्षालाई प्राथमिकतासहित योजनाबद्ध रूपमा लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। आयोजक शिक्षासंघले यस किसिमको तालिमले विद्यालय सुरक्षा संस्कृति विकास र सुरक्षित शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेको छ।

