नुवाकोटको शिवपुरी गाउँपालिकामा मङ्सिर ७ गते शोक बिदा
नुवाकोट,मंसिर ५ । शिवपुरी गाउँपालिकाले वडा नम्बर ८ मा कार्यरत कर्मचारी देवीबहादुर उप्रेती (बासु) को निधनमा गहिरो श्रद्धाञ्जली अर्पण गर्दै मङ्सिर ७ गते शोक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले जारी गरेको सूचना अनुसार उप्रेतीको असामयिक निधनले कार्यालय तथा समुदाय स्तब्ध बनेको भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक दिन शोक बिदा दिइएको हो।
स्व. उप्रेती शिवपुरी गाउँपालिका–८ वडा कार्यालयमा कार्यरत कर्मचारी हुनुहुन्थ्यो। उहाँको शुक्रबार मलको ढिस्कोले पुरिएर निधन भएको हो । उहाँको निधनले गाउँपालिका अन्तर्गत वडाको प्रशासनिक कार्यसम्पादन तथा सेवाप्रवाह क्षेत्रमा अपूरणीय क्षति पुगेको गाउँपालिकाले उल्लेख गरेको छ।
शिवपुरी गाउँपालिकाले दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।


