बेलकोटगढी नगरप्रमुख गुरुङ र ऊर्जा मन्त्री घिसिङबीच विकास–निर्माणबारे छलफल
नुवाकोट,मंसिर ६। बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगतबहादुर गुरुङले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङसँग नगरको विकास निर्माण तथा प्राथमिक योजनाका विषयमा भेटघाट गर्नुभएको छ।
मन्त्री घिसिङको कार्यालयमा भएको भेटघाटमा बेलकोटगढी नगर क्षेत्रभित्रका विकास योजनाहरू, तिनको कार्यान्वयन प्रक्रियासहित ऊर्जा तथा सिंचाइ क्षेत्रमा आवश्यक सरकारी समन्वयबारे विस्तृत छलफल भएको नगरप्रमुख गुरुङले बताउनुभयो।
उहाँले नगरका प्राथमिक आयोजना, जनस्तरमा आवश्यक सुविधा तथा आगामी योजनाहरू प्रभावकारी ढंगले अघि बढाउन मन्त्रालयस्तरबाट आवश्यक सहयोग अपेक्षित रहेको उल्लेख गर्नुभएको थियो।
मन्त्री घिसिङले आवश्यक समन्वय र सहयोगका माध्यमबाट नगर विकास तथा जनहितपूर्ण योजनाहरूलाई प्राथमिकता दिइने आश्वासन दिनुभएको बताइएको छ।

