जेनजी प्रदर्शनपछि पुनर्निर्माण कोषमा ८ करोड ५४ लाख जम्मा
काठमाडौं,मंसिर ६ । गत भदौ २३–२४ मा जेनजीको प्रदर्शनका क्रममा भएका आगलागी र तोडफोडबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि गठन गरिएको सरकारी भौतिक पुनर्निर्माण कोषमा हालसम्म ८ करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार विभिन्न व्यावसायिक प्रतिष्ठान र संघसंस्थाबाट उक्त रकम संकलन गरिएको हो ।
आन्दोलनबाट क्षति पुगेका सार्वजनिक र सरकारी संरचनाको प्रभावकारी पुनर्निर्माणका लागि अर्थमन्त्रीको अध्यक्षतामा कोष गठन गरिएको छ ।

