प्रचण्ड भोलि नुवाकोट आउने



नुवाकोट, मंसिर ६ — नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि आइतबार नुवाकोट आउने भएका छन् ।

जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं. ३ स्थित घलेगाउँ सांस्कृतिक भवन उद्घाटनका लागि ‘प्रचण्ड’ भोलि नुवाकोट आउने भएका हुन् । कार्यक्रमअनुसार प्रचण्ड बिहान ७:३० बजे घलेगाउँ पुग्ने योजना छ।

त्यस्तै, सहिद स्मृति केन्द्र लिखु संस्था र नेपाली कम्युनिस्ट पार्टी लिखु गाउँपालिका समितिको संयुक्त आयोजनामा भोलि दिउँसो १२ बजे सहिद स्मृति केन्द्रको स्मृति पार्क तथा भवन उद्घाटन कार्यक्रम पनि हुने जनाइएको छ।

पार्टीका युवा नेता रोशन भण्डारीले कार्यक्रममा उपस्थितिका लागि स्थानीय र सरोकारवालालाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्