सिन्धुपाल्चोकमा इसाई मण्डलीको व्यापक विस्तार, २४१ वटा नयाँ मण्डली स्थापना



सिन्धुपाल्चोक, मंसिर ६ — सिन्धुपाल्चोक जिल्लामा इसाई धर्मालम्बीहरूको २४१ वटा मण्डली विस्तार भएको छ। बाह्रबिसे नगर इसाई समाजको तेस्रो अधिवेशनका क्रममा उक्त संख्या पुगेको जनाइएको छ।

जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिकामा रहेका १०३ वटा वडामा इसाई मण्डली विस्तार भएको छ। बाह्रबिसे नगरपालिकामा २४, मेलम्ची नगरपालिकामा २५, चौतारा साँगचोकगढी नगरपालिकामा २८, भोटेकोशी गाउँपालिकामा २२ र सुनकोशी गाउँपालिकामा २४ मण्डली रहेका छन्।

त्यस्तै, त्रिपुरासुन्दरी गाउँपालिकामा १२, जुगल गाउँपालिकामा २१, इन्द्रावती गाउँपालिकामा २५, पाँचपोखरी थाङपाल गाउँपालिकामा १०, बलेफी गाउँपालिकामा १०, लिसंखुपाखर गाउँपालिकामा १३ र हेलम्बु गाउँपालिकामा १६ मण्डली स्थापना भएको अध्यक्ष कमलबहादुर न्यौपानेले जानकारी दिनुभयो।

इसाई धर्मालम्बीहरूले सामाजिक सहिष्णुता कायम राख्ने, भेदभाव र सामाजिक विकृति समाधान गर्ने, धर्मलम्बीका हकअधिकार सुनिश्चित गर्ने तथा मानव कल्याणका विभिन्न काम गर्दै आएका छन्। मंसिर ५ गते बाह्रबिसे नगर इसाई समाजको सर्वसहमत कार्यसमिति पनि चयन गरिएको छ।

नगरप्रमुख बालकृष्ण बस्नेतका अनुसार, बाह्रबिसे नगरपालिकाले इसाई धर्मसम्प्रदायका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गर्दै हकहितका काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्