सरकार भ्रष्टाचारमा डुबेको र द्वेष फैलाएको एमाले अध्यक्ष ओलीको आरोप



काठमाडौं,मंसिर ६ — नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनको नाममा मुलुकभर घृणा र द्वेष फैलाउने काम गरिरहेको आरोप लगाएका छन्। शनिवार काठमाडौंमा एमालेद्वारा आयोजित जनप्रदर्शन तथा जनसभामा बोल्दै अध्यक्ष ओलीले सरकार काम गर्न असक्षमसँगै भ्रष्टाचारमै चुर्लुम्म डुबेको जिकिर गरे।

अध्यक्ष ओलीले जनजीवन प्रभावित गर्दै केही व्यक्तिलाई बोलाएर कृत्रिम माग सिर्जना गर्ने र त्यसैका आधारमा जनमत भ्रमित गर्ने प्रयास सरकारले गरेको आरोप लगाए। उनले भने,“काम गर्न नसक्ने, भ्रष्टाचारमा लसक्क डुबेको यो नक्कली सरकारले जनजीका नाममा केही मानिसलाई बोलाएर आफैंले तयार गराएका मागहरू राख्न लगाएर, आफैं विरुद्ध दबाब सिर्जना गरेको अभिनय गर्दै सुशासनको नाममा घृणा र द्वेष फैलाउने काम गरिरहेको छ।”

ओलीले वर्तमान सरकार असंवैधानिक भएको दाबी गर्दै त्यसको विरोध लोकतन्त्र र जनताका अधिकारका लागि आवश्यक रहेको बताए। उनले सुशासनको नाममा अराजकता बढेको टिप्पणी गर्दै भ्रष्टाचार र अव्यवस्थाको विरोधमा जनसमर्थन जुटाउन आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्