बाराका एसपी सरुवामा ओलीको आक्रोश, ‘सरकारले प्रहरीलाई एमाले देख्यो’



काठमाडौं, मंसिर ६ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाराका एसपीको सरुवा राजनीतिक प्रतिशोधका रुपमा गरिएको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शन सभालाई सम्बोधन गर्दै उनले एमालेविरुद्ध लाग्नेहरुलाई सहयोग नगर्ने प्रहरी अधिकारीलाई सरुवा गरेर सरकारले हिंसा भड्काउने कोसिस गरिरहेको दाबी गरे।

ओलीले भने, “एमालेविरुद्ध षड्यन्त्रमा साथ नदिएकै कारण बाराका एसपीलाई हटाइयो। सरकारले प्रहरीलाई एमाले ‘देख्न’ थालेपछि यस्तो कदम लिएको हो।”

प्रहरी प्रधान कार्यालयले शुक्रबार बाराका एसपी सन्तोष तामाङलाई हटाएर अर्का एसपी नरेन्द्र कुँवरलाई बारामा पठाएको थियो। सरुवा गरिएका एसपी तामाङ केही समयअघि ओलीको पिएसओको जिम्मेवारीमा पनि रहिसकेका अधिकारी हुन्।

ओलीले प्रहरी प्रशासनलाई राजनीतिकरण नगर्न सरकारलाई चेतावनी दिँदै निष्पक्ष र कानूनसम्मत भूमिकामा काम गर्ने अधिकारीलाई धम्काउने कार्य रोकिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्