एनपिएल: विराटनगर किंग्सको लगातार दोस्रो विजय, काठमाडौँ पाँच विकेटले पराजित
काठमाडौं, मंसिर ६ — नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गर्न सफल भएको छ। शनिबार सम्पन्न दोस्रो खेलमा काठमाण्डु गुर्खाजलाई पाँच विकेटले हराउँदै विराटनगरले अपराजित यात्रालाई जारी राखेको हो।
पहिले ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रनको योगफल बनायो। उसका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रन योगदान गरे।
जवाफी लक्ष्य पछ्याएको विराटनगरले १७ ओभर १ बलमा ५ विकेटको क्षतिमा १३५ रन बनाउँदै सहज जीत हात पार्यो। विराटनगरका जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाए।
बलिङतर्फ काठमाण्डुको लागि साहब आलमले २ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे भने करण केसी, सन्तोष यादव र गेरहार्ड इरास्मसले १–१ विकेटकाे योगदान दिए।
यो जितसँगै दुई खेल खेलेको विराटनगरले ४ अंक जोडेको छ। विराटनगरले यसअघि पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो।
उता काठमाण्डुले भने लगातार दोस्रो हार बेहोरेको छ। उद्घाटन खेलमा जनकपुर बोल्टसलाई पाँच विकेटले हराएको काठमाडौं, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले र आज विराटनगरसँग पाँच विकेटले पराजित भयो।

