नुवाकोट पञ्चकन्यामा निस्किए प्रचण्ड ‘मर्निङ वाक’



नुवाकोट, मंसिर ७। विभिन्न कार्यक्रमका लागि नुवाकोट आइपुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार बिहानै ‘मर्निङ वाक’मा निस्किएका छन्।

पञ्चकन्या गाउँपालिका–३ घलेभञ्याङ क्षेत्रमा स्थानीयवासीसँगै उहाँले हिँडडुल, भेटघाट र अवलोकन गर्नु भएको हो । मर्निङ वाकमा नेता हितबहादुर तामाङसहित स्थानीय कार्यकर्ता सहभागी थिए।

आज बिहानको अवलोकनपछि प्रचण्डले सोही स्थानमा निर्माण सम्पन्न भएको सांस्कृतिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ। त्यसैगरी दिउँसो २ बजे लिखु गाउँपालिकामा रहेको सहिद स्मृति केन्द्रको स्मृति पार्क तथा भवन उद्घाटन गर्ने तय भएको छ।

सो कार्यक्रम सहिद स्मृति केन्द्र लिखु संस्था र नेकपा लिखु गाउँपालिका समितिले संयुक्त रूपमा आयोजना गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्