प्रचण्डद्वारा नुवाकोट घलेभञ्याङमा सांस्कृतिक भवन उद्घाटन
नुवाकोट, मंसिर ७ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नुवाकोटको पञ्चकन्या गाउँपालिका–३, घलेभञ्याङस्थित ‘घलेगाउँ सांस्कृतिक भवन’को उद्घाटन गर्नुभएको छ।
समुदायिक सांस्कृतिक गतिविधिबाट स्थानीय कला, परम्परा र पहिचानलाई संरक्षण गर्ने उद्देश्यसहित निर्माण गरिएको उक्त भवन संघीय सरकारमार्फत कुल ६३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पार्टी नेता, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। भवन सञ्चालनसँगै घलेभञ्याङ क्षेत्रको सांस्कृतिक, सामाजिक र सामुदायिक कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।

