पत्रकार दीपेन्द्र खनियाँ घरमै मृत भेटिए



काठमाडौं, मंसिर ७। पत्रकार तथा रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका–१० थापागाउँस्थित आफ्नै निवासमा आइतबार झुण्डिएको अवस्थामा खनियाँको शव फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले पुष्टि गरेका छन्।

प्रहरीका अनुसार बिहान परिवारले सूचना दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार उनले आत्महत्या गरेको आशंकासहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खनियाँ सञ्चार क्षेत्रमा सक्रिय थिए र लामो समयदेखि रेडियो अडियो सञ्चालन गर्दै आएका थिए। उनकी पत्नी र एक छोरी छन्।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्