प्रतितोला १९०० रुपैयाँ घट्याे सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं,मंसिर ८ । साेमबार नेपाली बजार सुनचाँदीकाे मूल्य घटेकाे छ । आइतबार प्रतितोला २९०० रुपैयाँ बढेको सुनको भाउ आज तोलामा १९०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य २ लाख ४२ हजार ७०० रूपैयाँ पुगेकाे छ ।
हिजाे छापावाल सुन प्रतिताेला २ लाख ४४ हजार ६०० रूयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि प्रतिताेला २० रूपैयाँ घटेकाे छ । आइतबार प्रतिताेला ३ हजार १३५ रुपैयाँमा काराेबार भएकाे चाँदीकाे भाउ आज ३ हजार ११५ रूपैयाँमा झरेकाे छ ।

