मधेश प्रदेशमा आज सार्वजनिक बिदा



जनकपुरधाम,मंसिर ९ । विवाहपञ्चमी महोत्सवको अवसरमा आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिइएको छ। मधेश प्रदेश सरकारले मंगलबार प्रदेशमा सार्वजनिक बिदा घोषणा गरेको हो।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार आज विवाहपञ्चमीको सार्वजनिक बिदा रहने उल्लेख गरेको छ।

साताव्यापी रूपमा मनाइँदै आएको विवाहपञ्चमी महोत्सवअन्तर्गत आज मुख्य दिन स्वयम्वर तथा रातिमा वैवाहिक कार्यक्रम रहेको जनाइएको छ। यस दिन जनकपुरधाममा भगवान् राम र सीताको विवाह संस्कार आयोजना गरिने परम्परा रहेको छ।

प्रतिक्रिया दिनुहोस्