सिंहदरबार प्रवेशमा जेनजी समूह रोकियो
काठमाडौं,मंसिर ९ । विभिन्न मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई आज सिंहदरबार प्रवेशमा प्रहरीले रोकेको छ।
समूहले मागपत्र बुझाउन सिंहदरबार प्रवेशद्वारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले प्रवेश निषेध गर्दै रोकेको हो। प्रहरीले मिराज ढुंगानासहित जेनजी सदस्यहरूलाई घेरा हाल्दै अनामनगर पुलसम्म घकेल्दै हटाएको बताइएको छ।
समूहले के–कस्ता माग राखेको भन्नेबारे विस्तृत जानकारी खुल्न बाँकी छ। तर मागपत्र बुझाउन रोक लगाइएपछि जेनजी समूहले आपत्ति जनाउँदै सिंहदरबार प्रवेशमा भएको रोकका विरुद्ध बोल्ने तयारी गरेको स्रोतको दाबी छ।

