नुवाकोट थान्सिङका क्यान्सर पीडित अधिकारीलाई नेवा समाज भट्टथोकको आर्थिक सहयोग
नुवाकोट, मंसिर १० । नुवाकोटको लिखु गाउँपालिका–६ थान्सिङ भट्टथोक छहरे नेवार समाजले क्यान्सर पीडित नारायण अधिकारीको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ। स्थानीय जनप्रतिनिधि समेत रहेका संस्थाका अध्यक्ष महेशकुमार डङ्गोलले मंगलबार पीडित अधिकारीको उपचार खर्चमा सहयोगस्वरूप रु २०,००० हस्तान्तरण गरेका हुन् ।
पित्तथैलीको क्यान्सर पीडित अधिकारी केही समयदेखि काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचाररत छन्। आर्थिक अभावका कारण जीवन–मरणको दोधारमा रहेका अधिकारीलाई सहयोग आउनु मानवीय जिम्मेवारी भएको परिवारजनले बताएका छन्।
नेवार समाजले गरेको सहयोगले अन्धकारमा उज्यालो र कठिन घडीमा आशा तथा हिम्मत दिएको अधिकारी परिवारले प्रतिक्रिया व्यक्त गरेका छन् । उनीहरूले माया, सद्भाव र सहयोगको शक्ति सबैका लागि प्रेरणा बन्ने बताएका छन् ।
अधिकारीको उपचारका लागि थप सहयोग आवश्यक भएकाले स–मनले सहयोग गर्न सक्ने सबै व्यक्तिहरू, संघ–संस्थालाई परिवारले अपिल गरेको छ।सहयोगका लागि तलको क्युआर मार्फत डिजिटल भुक्तानी गर्न सकिनेछ ।


