हुप्सेकोटमा छोरा द्वारा बाबुको हत्या



नवलपुर, मङ्सिर १० । नवलपुरको हुप्सेकोट गाउँपालिकामा एक युवकले आफ्नै बाबुको कुटपिट गरेर हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट–३, जुकेपानीका ३० वर्षीय सन्तबहादुर विकले ६० वर्षीय बाबु रामबहादुर विकलाई मंगलबार कुटपिट गरेका थिए।

घरायसी झगडाबाट झगडा चर्किएपछि छोराले कुटपिट गर्दा घाइते भएका रामबहादुरलाई उपचारका लागि जिल्ला अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि आरोपी सन्तबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्