बढ्यो सुनको मूल्य



काठमाडौं,मंसिर १० । बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार मंगलवारको तुलनामा बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो ।

मंगलवार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको छ ।

महासंघकाअनुसार चाँदीको मूल्य समेत २० रुपैयाँले बढेको छ । मंगलवार २ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधवार २ हजार २ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्