जनकपुरलाई २५ रनले हराउँदै पोखरा विजयी



काठमाडौं,मंसिर १२ । नेपाल प्रियमर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको दोश्रो खेलमा पोखरा एभेन्जर्स विजयी भएको छ ।

जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो । यसअघिका दुई खेल पोखराले हारेको थियो ।

टस जितेर ब्याटिङ गरेको पोखराले पूरै ओभर खेलेर १५५ रन बनाएको हो ।

१५६ रनको लक्ष्य पछ्याएको जनकपुरले पुरै ओभर खेलेर जम्मा १३० रन मात्र जोड्यो ।

आजको खेलमा पोखराका लागि सुमित वर्माले अविजित अर्धशतक बनाए भने दिनेश खरेलले ३८ रनको योगदान गरे ।

प्रतिक्रिया दिनुहोस्