एनपीएल : आज दुई खेल, प्लेअफको दाबानमै कर्णाली याक्स



काठमाडौं,मंसिर १२। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार पनि दुई रोमाञ्चक खेल हुने भएका छन्।

पहिलो खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११:४५ बजे चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच हुनेछ। चितवन चार अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ भने काठमाण्डूले अहिलेसम्म दुई अंक मात्र बटुलेको छ।

दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ। तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफ सम्भावना जोगाइराख्न जित अनिवार्य छ।

अंकतालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक बटुलेको छ। आजको खेल जितेमा उसको प्लेअफ यात्रा झनै सहज हुनेछ।

प्रतिक्रिया दिनुहोस्