विदुर–२ वनदेवी सामुदायिक वनमा पदमार्ग स्तरोन्नति अघि नगरप्रमुखद्वारा स्थलगत अवलोकन
नुवाकोट,मंसिर १२। विदुर नगरपालिका र डिभिजन वन कार्यालय नुवाकोटको संयुक्त लगानीमा विदुर–२ स्थित वनदेवी सामुदायिक वन क्षेत्रभित्र निर्माण हुन लागेको पदमार्ग स्तरोन्नति कार्य प्रारम्भका लागि नगरप्रमुख राजन श्रेष्ठले शुक्रबार स्थलगत अवलोकन गरेका छन्।
अवलोकनका क्रममा प्रमुख श्रेष्ठले पदमार्ग स्तरोन्नतिले स्थानीयवासी, विद्यार्थी तथा वन क्षेत्र प्रयोगकर्तालाई सहज आवागमनको सुविधा उपलब्ध गराउने बताउँदै गुणस्तरीय काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
कार्यक्रममा डिभिजन वन कार्यालयका प्रतिनिधि, वनदेवी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। सामुदायिक वनभित्रको पदमार्ग सुधारपछि वन संरक्षण, पर्यटकीय सम्भावना तथा स्थानीयको दैनिकी आवागमनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा नगरपालिकाले व्यक्त गरेको छ।

