एमाले नुवाकोट–२ मा महाधिवेशन प्रतिनिधि सर्वसम्मत
नुवाकोट,मंसिर १२। नेकपा एमाले नुवाकोट–२ को महाधिवेशनका लागि प्रतिनिधि छान्ने प्रक्रिया सर्वसम्मत भएकाे छ। पार्टी नेता समर आले मगरका अनुसार खुलातर्फ नारायण खतिवडा, राजेन्द्र रमण खनाल, बुद्धि प्रधान र अरुण कुमार श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।
युवातर्फ विष्णु दाहाल सर्वसम्मत चयन भएका छन् भने दलित कोटामा सनम परियार चयन भएका छन्। महिलातर्फ भने प्रतिनिधि चयन प्रक्रिया बाँकी रहेको पार्टीले जनाएको छ।
एमालेमा महाधिवेशन प्रतिनिधि छनोट सर्वसम्मत भएपछि पार्टीभित्र उत्साह थपिएको नेताहरूले बताएका छन्। यद्यपि नुवाकोट–१ मा आकांक्षी धेरै भएकाले सहमति जुटाउने जिम्मेवारी जिल्ला नेतृत्वलाई दिइएको छ।
एमालेको व्यवस्थाअनुसार ८ सय संगठित सदस्य बराबर १ जना महाधिवेशन प्रतिनिधि रहनेछ। पार्टीको केन्द्रीय महाधिवेशन आगामी मंसिर २७ गते हुने तय भएको छ।

