रास्वपा लिखु–६मा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन



नुवाकोट,मंसिर १३ । नुवाकोटको लिखु गाउँपालिका–६मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले वडा कमिटीको ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतरूपमा चयन गरेको हो।

अधिवेशनबाट रामकृष्ण जिसी सभापति, शोबिता नेपाली उपसभापति र सरु रिजाल सचिवमा चयन भएका छन्। त्यस्तै कार्यसमितिमा सन्तोष पाठक, बिष्णु श्रेष्ठ, निराजन भण्डारी, सिताराम रिसाल, सीता मिजार, सन्तोष जिसी, मनिषा अधिकारी र सुजन शाक्य सदस्यका रूपमा निर्वाचित भएका छन्।

नयाँ नेतृत्व चयनसँगै पार्टीले संगठन विस्तार, स्थानीय क्रियाकलापमा सक्रियता र क्षेत्रभित्रका समस्यामा आवाज बुलन्द गर्न प्रभावकारी भूमिकाको अपेक्षा गरिएको छ। अधिवेशनमा सहभागीहरूले नयाँ समितिले पार्टीलाई थप व्यवस्थित र सक्षम बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्