दुप्चेश्वर धाममा आज भेटी सङ्कलन २ लाख १८ हजार ४ सय ११ रुपैयाँ



नुवाकोट,मंसिर १३ । नुवाकोटको दुप्चेश्वर धाममा आज शनिबार भक्तजनहरूले अर्पण गरेको भेटी कुल रु. २,१८,४११ सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ। भेटीमध्ये रु. ८,८२१ डिजिटल मार्फत र रु. ९२,४५० मध्यान्ह आरति मार्फत जुटिएको रकमसमेत गरी कुल २ लाख १८ हजार ४ सय ११ रुपैयाँ संकलन भएको कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।

कोषका अनुसार दुप्चेश्वर धाममा दैनिक रूपमा भक्तजनको आगमन बढ्दै गइरहेको छ र भेटीको उचित व्यवस्थापन तथा पारदर्शिताका लागि प्रत्येक दिन बेलुका ५ बजे भेटी गणना गर्ने व्यवस्था मिलाइएको छ। समय मिल्ने सबै भक्तजनलाई भेटी गणना स्थानमा उपस्थित भई सहभागिता जनाउन आग्रह गरिएको छ।

दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले व्यवस्थापनलाई अझ पारदर्शी बनाउँदै भक्तजनको सहयोगलाई कदर गर्ने उद्देश्यका साथ नियमित रूपमा भेटी सार्वजनिक गरिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्