शिवपुरी–८ काफलडाँडामा ‘एक घर–एक धारो’ कार्यक्रम सम्पन्न, १०१ घरधुरीमा पानी आपूर्तिको परीक्षण सुरु



नुवाकोट,मंसिर १३ । शिवपुरी गाउँपालिका–८, काफलडाँडा–खनियाचउर क्षेत्रमा सञ्चालनमा आएको ‘एक घर–एक धारो’ कार्यक्रम अन्तर्गत पक्की संरचनासहितका सबै धारा निर्माण कार्य सम्पन्न भएसँगै शनिबारदेखि पानी आपूर्तिको परीक्षण सुरु गरिएको छ।

शिवपुरी गाउँपालिकाको समन्वयमा अघि बढाइएको यस योजनाले वर्षौँदेखि खानेपानी अभाव झेल्दै आएका १०१ घरधुरीका स्थानीय बासिन्दालाई ठूलो राहत दिलाउने अपेक्षा गरिएको छ। स्थानीय स्तरमा खानेपानी समस्या समाधान गर्ने उद्देश्यसहित “Drop of Life (Kuruture Water Supply Project)” अन्तर्गत संचालित यो योजना AVEDA को प्रायोजन र Kathmandu Environmental Education Project (KEEP) को सहयोगमा पूरा भएको हो।

घर–घरमै धारा जडान भएपछि काफलडाँडा र खनियाचउरका बासिन्दालाई पानीका लागि टाढासम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। परियोजनामा संलग्न उपभोक्ता समितिका अनुसार पानी आपूर्तिको परीक्षण सफल भएपछि छिट्टै नियमित वितरण सुरु गरिनेछ।

यो आयोजना सञ्चालनमा आएपछि स्थानीय बासिन्दाको दैनिकी सहज हुने र स्वच्छ खानेपानी पहुँचमा महत्वपूर्ण सुधार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्