मन्थलीमा बाघको आक्रमणबाट ६६ वर्षीया महिलाको मृत्यु
रामेछाप,मंसिर १३ । मन्थली नगरपालिका–९, पुरानागाँउमा गए राति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाकी ६६ वर्षीया गंगामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भोलाकुमार भट्टले जानकारी दिनुभयो।
भट्टका अनुसार महिलाको शव बिहान स्थानीयले क्षत–विक्षत अवस्थामा फेला पारेपछि प्रहरीले घटनास्थलको विवरण संकलन गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
घटनास्थल वरपरका बासिन्दामा त्रास फैलिएको छ भने प्रहरीले सुरक्षासम्बन्धी सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ।

