विदुर खानेपानी उपभोक्ता संस्थाको निर्वाचन : २३४६ मत खस्यो, यस्तो छ पछिल्लो मतपरिणाम



नुवाकोट,मंसिर १४ — विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा २३ सय ४६ मत खसेको छ। शनिबार बिहानदेखि सुरु भएको मतदान प्रक्रिया पश्चात् हाल मतगणना जारी छ।

यस पटकको निर्वाचनमा संजीव श्रेष्ठ र हरिशरण गजुरेलको नेतृत्वमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन्। दुवै समूहले अध्यक्षदेखि सदस्यसम्मका पदमा उम्मेदवारी दिएका कारण निर्वाचन निकै रोमाञ्चक बनेको छ।

मतदान पछि आएको पछिल्लो मतगणनाको प्रारम्भिक अपडेटअनुसार ३४९ मतसम्मको गणना भएकामा दुवै प्यानलका उम्मेदवारहरूको मतान्तर देखिएको छ। अध्यक्ष पदतर्फ संजीव श्रेष्ठले अग्रता लिएको देखिए पनि अर्का समूहका हरिशरण गजुरेलले कडा चुनौती दिइरहेका छन्।

उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र महिला सदस्यसहितका पदमा समेत दुवै प्यानलका उम्मेदवारहरूबीच मतान्तर न्यून देखिएकाले अन्तिम परिणाम आउँदासम्म प्रतिस्पर्धा निकै नै रोचक रहने अनुमान गरिएको छ। मतपरिणाम अनुसार श्रेष्ठले २२२ प्राप्त गर्दा गजुरेलले ९२ मत हासिल गरेका छन् । श्रेष्ठ प्यानलका उपाध्यक्ष नवीन प्रधानले १५३ मत प्राप्त गर्दा गजुरेल प्यानलका राजेन्द्र पाण्डेले १४३ मत पाएका छन् ।

निर्वाचन समितिका अनुसार मतगणना हाल चलिरहेको छ । सम्पूर्ण २३४६ मतको गणना सम्पन्न भएपछि मात्र अन्तिम नतिजा सार्वजनिक गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्