देशभर आज आंशिक बदली, काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री



काठमाडौँ ,मंसिर १४— जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै विशेष मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ। महाशाखाका अनुसार आइतबार दिउँसो र राति देशभर आंशिक बदली रहनेछ।

आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसोको अधिकतम तापक्रम भने १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ।

महाशाखाले अहिलेको मौसम सामान्य शीतलहरसहित स्थिर अवस्थामा रहेको उल्लेख गरेको छ। पहाडी तथा हिमाली क्षेत्रका केही भागमा चिसो बढ्दै गए पनि वर्षा वा हिमपातको सम्भावना तत्काल नरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्