एमाले नुवाकोटबाट पन्ध्र प्रतिनिधि सर्वसम्मत चयन



नुवाकोट,मंसिर १४ । नुवाकोटबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका छन् । आयोजक बाहेक २ क्षेत्रबाट ७ – ७ गरी १५ जना छनौट भएका छन् । खुल्ला ८ जना,  महिला  ४ जना, युवा २ जना  र दलित समुदायतर्फको प्रतिनिधि १ जना गरेर जम्मा १५ जना प्रतिनिधि सर्वसम्मत चयन भएको एमाले नुवाकोट ले जनाएको छ ।

खुलातर्फ बद्री मैनाली, काशीराज अधिकारी, मिलन लामा,निलकण्ठ आचार्य, नारायणप्रसाद खतिवडा,बुद्धिबहादुर प्रधान,राजेन्द्ररमण खनाल, अरुण कुमार श्रेष्ठ,  चयन भएको एमाले नुवाकोटका प्रचार विभाग प्रमुखले जानकारी दिनुभयो ।

यसैगरी महिलातर्फ कमला पाण्डे, मनिका थापा, कोपिला भट्ट, र इन्दिरा अधिकारी चयन भएको एमाले नुवाकोटले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्