सुन ताेलामा १६०० रूपैयाँ बढ्याे, चाँदीकाे मूल्यमा नयाँ रेकर्ड



काठमाडौं,मंसिर १४। साताकाे पहिलाे दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार एकैदिन २२०० रूपैयाँ बढेकाे सुनकाे भाउ आज पनि ताेलामा १६०० रूपैयाँ बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ५२ हजार २०० रूपैयाँ ताेकिएकाे छ ।

गत शुक्रबार छापाावाल सुनकाे भाउ प्रतिताेला २२०० रूपैयाँ बढेर २ लाख ५० हजार ६०० रूपैयाँ ताेकिएकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा १४५ रूपैयाँ बढेकाे छ । गत शुक्रबार प्रतिताेला ३ हजार ३४५ रूपैयाँमा काराेबार भएकाे चाँदीकाे मूल्य आज ३ हजार ४ सय ९० रूपैयाँ कायम भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्