नुवाकोटको बेलकोटगढीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत दीप प्रज्वलन कार्यक्रम सम्पन्न
नुवाकोट,मंसिर १४ — “प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ”(“UNITE TO END DIGITAL VIOLENCE AGAINST ALL WOMEN AND GIRLS” ) भन्ने मूल नारासहित सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बेलकोटगढी नगरपालिका–७, महादेवफाँटमा सचेतनामूलक दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
यही मंसिर ९ गतेदेखि २४ गतेसम्म (Nov 25–Dec 10) सञ्चालन हुने यो अन्तर्राष्ट्रिय अभियानको प्रारम्भिक दिनमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय बासिन्दा तथा नेपाल प्रहरीको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममार्फत लैङ्गिक हिंसा, विशेषगरी डिजिटल माध्यमबाट हुने हिंसाका जोखिम, नियन्त्रण र सुरक्षित प्रविधि प्रयोगबारे जनचेतना फैलाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
दीप प्रज्वलनसहित सुरु भएको यो सचेतना कार्यक्रम १६ दिनसम्म विभिन्न गतिविधिमार्फत निरन्तर रूपमा सञ्चालन हुने छ।

