विदुर खानेपानी उपभोक्ता संस्थाको नवौँ अधिवेशन : मतगणनामा सञ्जिव बहादुर श्रेष्ठको अग्रता
नुवाकोट,मंसिर १४ । नुवाकोटको विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवौँ अधिवेशनअन्तर्गत जारी मतगणनामा सञ्जिव बहादुर श्रेष्ठ निकै ठूलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्।
पछिल्लो सार्वजनिक गरिएको मतगणना अनुसार अध्यक्ष पदका उम्मेदवार सञ्जिव बहादुर श्रेष्ठले ८८५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी हरिशरण गजुरेलले ४०६ मत पाएका छन्।
यस अधिवेशनका लागि कुल ३,६६५ मतदाता रहेकोमा २,३४७ मत खसेका छन्। खसेको मतमध्ये ६६ मत बदर भएको छ भने १,३१८ मत खसेका छैनन्।
मतगणना शनिबार साँझसम्म पनि जारी रहेको निर्वाचन समितिले जनाएको छ। बाँकी पदहरूको मतगणना जारी रहेकाले अन्तिम नतिजा सार्वजनिक हुन समय लाग्नेछ ।



