काठमान्डु गोर्खाजकाे चौथो जित, ‘प्लेअफ’ नजिक   



काठमाडौं,मंसिर १४ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा काठमान्डु गोर्खाजले चौथो जित निकाल्दै ‘प्लेअफ’ नजिक पुगेको छ।   

आफ्नो छैटौं खेलमा काठमाण्डुले कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्‍यो। कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। 

काठमाण्डुको जितमा विदेशी ब्याटरले संयमित ब्याटिङ गरे। जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाण्डुलाई जितको बाटो देखाए। जोन ४१ रनमा आउट हुँदा जेरार्ड ४३ रनमा अविजित रहे। वेन चाल्र्सवर्थ ३४, मिलिन्द कुमार १५, आकाश त्रिपाठी ८ र रसिद खान ० रनमा आउट भए। बलिङमा कर्णालीका नन्दन यादवले ३ र पवन सर्राफले एक विकेट लिए।

योसँगै एनपीएलमा काठमाण्डुले ६ खेलमा चौथो जित दर्ता गरेको छ। कर्णालीले भने चौथो हार बेहोरेको छ। ५ खेलमा कर्णालीले एकमात्र जित निकालेको छ।यो हारसँगै कर्णालीको ‘प्लेअफ’ यात्रा कठिन भएको छ। 

प्रतिक्रिया दिनुहोस्