हवाई इन्धनको मूल्य बढ्यो, डिजेल/मट्टितेलको घट्याे



काठमाडाैं,मंसिर १५। नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगमले साेमबार बिहान १ बजेदेखि लागु हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएकाे हाे ।

नयाँ मूल्य अनुसार पहिलो वर्गका लागि डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपियाँ कायम भएको छ ।

यता निगमले हवाई इन्धन (आन्तरिक र अन्तरराष्ट्रियतर्फ) को मूल्य भने बढाएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रूपैयाँ र अन्तरराष्ट्रियतर्फ काठमाडौँमा प्रतिकिलोलिटर ४२ अमेरिकी डलर बढेकाे हाे ।

नयाँ मूल्यअनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १३४ रूपैयाँ र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्