विदुर खानेपानी उपभोक्ता संस्थाको मतगणना जारी, अध्यक्षमा सञ्जिव श्रेष्ठको फराकिलो अग्रता
नुवाकोट,मंसिर १५ — विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवौँ अधिवेशनअन्तर्गत सोमबार बिहानसम्मको मतगणनाको पछिल्लो विवरण सार्वजनिक भएको छ। कुल २,३४७ मत खसेको यस निर्वाचनमा मतगणना शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।
अध्यक्ष पदतर्फ गठबन्धन समूहका सञ्जिव बहादुर श्रेष्ठले १,१२९ मत ल्याउँदै फराकिलो अग्रता लिएका छन्। उनका प्रतिस्पर्धी स्वतन्त्र समूहका हरिशरण गजुरेलले ६१० मत पाएका छन्।
उपाध्यक्ष पदमा स्वतन्त्र समूहका राजेन्द्र पाण्डे अग्रस्थानमा छन्। उनले ८६९ मत पाएका छन् भने गठबन्धन समूहका नवीन प्रधानले ८०६ मत ल्याएर पछ्याइरहेका छन्।
सचिव पदमा पनि स्वतन्त्र समूह नै अगाडि देखिएको छ। स्वतन्त्र समूहका रघुनाथ रिमालले ८८३ मत पाउँदा गठबन्धनका अच्युतराज महन्त गिरीले ७६४ मत प्राप्त गरेका छन्।
निर्वाचनका लागि कुल ३,६६५ मतदाता रहेकामा २,३४७ मत खसेका छन्। तीमध्ये ६६ मत बदर भएका छन् भने १,३१८ मत खसेका छैनन्।
मतगणना जारी रहेका अन्य पदहरूको परिणाम क्रमशः सार्वजनिक हुँदै जाने निर्वाचन समितिले जनाएको छ।

