काठमाडौं मेयर बालेन्द्र शाहका बुवाको निधन
काठमाडौं,मंसिर १५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ। आइतबार बिहान स्वास्थ्य समस्याका कारण नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएका उनको अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
अस्पताल स्रोतका अनुसार, ७७ वर्षीय उनको पिसाबमा संक्रमण (यूटीआई) देखिएको थियो, जसको असर क्रमशः शरीरभर फैलिँदै जाँदा स्वास्थ्य अवस्था झनै जटिल बनेको थियो। निरन्तर उपचार भइरहे पनि चिकित्सकहरूको प्रयास सफल हुन सकेन।
मेयर बालेन शाहका बुवाको निधनप्रति विभिन्न राजनीतिक, सामाजिक र नगरका व्यक्तिहरूले श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

