सोबार पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं,मंसिर १५ । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला १६०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला १४०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन मूल्य प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदी पनि बढेको छ । अघिल्लो दिन ३ हजार ४९० रुपैयाँमा किनबेच भएको चाँदी यस दिन प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेको हो

