विदुर खानेपानी उपभोक्ता संस्थाको चुनाव : अध्यक्षमा संजीव बहादुर श्रेष्ठ विजयी



नुवाकोट,मंसिर १५ । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवौँ अधिवेशनबाट संजीव बहादुर श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार श्रेष्ठले १ हजार ३७० मत प्राप्त गर्दै विजयी बनेका हुन्।

श्रेष्ठ नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका थिए। उनका प्रतिस्पर्धी हरिशरण गजुरेलले ७३७ मत प्राप्त गरे। गजुरेलको प्यानललाई नेकपा, रास्वपा र राप्रपाको समर्थन थियो।

उपाध्यक्षमा १ हजार ६१ मतसहित राजेन्द्र पाण्डे विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नविन प्रधानले ९६९ मत पाए।

सचिवमा रघुनाथ रिमालले १ हजार ६१ मत प्राप्त गर्दै जितेका छन्। उनका प्रतिस्पर्धी अच्चुतराज महन्त गिरीले ९२२ मत पाए।

कोषाध्यक्षमा १ हजार १६७ मतसहित अम्बिका चित्रकार खनाल विजयी भइन्। उनका प्रतिस्पर्धी संगीता कोइरालाले ८२५ मत प्राप्त गरिन्।

महिला सदस्यतर्फ सिता अधिकारी (१,१०३ मत) र बिन्दाकुमारी सडौला (१,०८५ मत) निर्वाचित भए।

सदस्यतर्फ शंकर पाण्डेले १,०६६, दीपक कुमार तिमिल्सिनाले १,०४४ र गोबिन्दबहादुर अधिकारीले ९४५ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्।

झण्डै ३ हजार ६६५ मतदाता रहेको निर्वाचनमा २ हजार ३४६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। तीमध्ये १०१ मत बदर भएको थियो।

नयाँ नेतृत्व चयनसँगै खानेपानी तथा सरसफाइ सेवा अझ प्रभावकारी बनाउने प्रतिवद्धता नवनिर्वाचित पदाधिकारीहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्