नुवाकोटमा उज्यालो नेपाल पार्टीको जिल्लास्तरीय कमिटी गठन, अध्यक्षमा इन्जिनियर राजभण्डारी
नुवाकोट,मंसिर १५। उज्यालो नेपाल पार्टीले नुवाकोटमा जिल्लास्तरीय तदर्थ समिति गठन गरेको छ। ई. रामकृष्ण राजभण्डारीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको पार्टीले जानकारी दिएको छ।
समितिको सल्लाहकारमा रामहरि गजुरेललाई मनोनित गरिएको छ।गठन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा. विशाल भण्डारी र देवकी पौडेलको विशेष उपस्थिति रहेको थियो।
पार्टीले जिल्ला संरचना विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई सुदृढ बनाउने उद्देश्यसहित यो तदर्थ समिति गठन गरेको जनाएको छ।

