रसुवाबाट एमालेको ११औँ महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन



रसुवा,मंसिर १६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनका लागि रसुवाबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरिएको छ। पार्टीको जिल्ला कमिटीले खुला, महिला, दलित र युवा गरी विभिन्न कोटाबाट कुल ८ जना प्रतिनिधि चयन गरेको हो।

खुला तर्फ कैसाङ नुर्पु तामाङ, सुरेन्द्रराज लम्साल, छोवाङ तेन्जिङ तामाङ र कर्णेल तामाङ चयन भएका छन्। त्यस्तै, महिला तर्फ चमेली गुरुङ र सुजना लामा चयन भएकी छन्।

दलिततर्फ चमेली सुनुवारले प्रतिनिधित्व गर्नेछिन् भने युवा तर्फ कुमार नगरकोटी चयन भएका छन्।

एमाले रसुवाले यस वर्ष पहिलो पटक प्रतिनिधि छनोट प्रक्रियालाई अझ पारदर्शी र खुला बनाउन मतदान प्रणाली अपनाएको जिल्ला कमिटीले जनाएको छ। विगतमा सहमति वा मनोनयनमार्फत हुने चयन प्रणालीलाई परिमार्जन गर्दै यस वर्ष मतदानमार्फत प्रतिनिधि छनोट गरिएको हो।

आसन्न ११औँ महाधिवेशनका लागि रसुवाबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन गर्न सफल भएको एमाले रसुवाका उपाध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्